Lumbini Bikas Bank
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चुनेको छ ।
नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष असोज ४ गते बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरे ।
सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायब प्रमुखकार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago