काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्ना ग्राहकहरुलाई पियाजियो सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा उपलब्ध गराउने उद्देश्यले विवेक अटोमोवाईल्स प्रा.लि.संग सम्झौता गरेको छ । 

उक्त सम्झौतामा लूम्विनी विकास बैंककातर्फवाट प्रमूखकार्यकारी अधिकृत नरेशसिंह बोहरा र विवेक अटोमोवाईल्स प्रा.लि.का तर्फबाट कम्पनीका अध्यक्ष विवेक दूगडले हस्ताक्षर गरे ।

यस सम्झौतापछि ग्राहकहरुले लूम्विनी विकास बैंकका सबै शाखा कार्यालयहरु मार्फत पियाजियो ४पाङग्रे सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा सेवा सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।