काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महेन्द्रपुल शाखाको प्राङगणमा भदौ २१ गते लायन्स क्लब अफ माछापुच्छे्र भिलेज सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

सो कार्यक्रममा बैंकका सञ्चालकहरु, कार्यरत कर्मचारी र  शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ९७ जनाले रक्तदान गरेका थिए । 

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १४ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई सेवा दिंदै आएको छ ।