काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ०.७० प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म बैंकले १७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा बनाएको छ । 

दोस्रो त्रैमाससम्म बैंकले ३६ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ३४ करोड ६८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म बैंकले ५८ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५० करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

यो अवधिसम्म बैंकले २३ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैैंकले २१ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १७.९५ प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब ४६ करोड रुपैयाँ रहेको रिजर्भमा घटेर १ अर्ब १९ करोड रुपैयाँमा झरेको छ । 

बैंकले खराब कर्जाको दर ०.३५ प्रतिशतले घटाएको छ । गत वर्ष २.३१ प्रतिशत रहेको यो दर घटेर १.९६ प्रतिशतमा झरेको छ । 

दोस्रो त्रैमासमा बैंकको कस्ट अफ फन्ड ८.६१ प्रतिशत र सीडी रेसियो ७८.६६ प्रतिशत रहेको छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.५७ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.९१ गुणा रहेको छ ।