काठमाण्डौ । लुसिड मोटर्सको धमाकेदार इलेक्ट्रिक कार बजारमा आउने तयारीमा छ।
कम्पनीले यो इलेक्ट्रिक कार लुसिड एअर रेन्जको मामिलामा सबैभन्दा अगाडि हुने दाबी गरेको छ। यसका साथै कम्पनीले यो इलेक्ट्रिक सेडान “लुसिड एअर” सबैभन्दा तीव्र चार्ज हुने इलेक्ट्रिक कार हुने घोषणा गरेको छ।
लुसिड मोटर्सले यो कार १ मिनेट चार्ज गरेपछि ३२ किलोमिटरसम्म कुद्न सक्ने जनाएको छ। यो हिसाबले यो कार २० मिनेट चार्ज गरेपछि ४८० किलोमिटरसम्मको यात्रा गर्न सक्नेछ।
चाँडो चार्जिङको मामिलामा टेस्लालाई पछाडि छोड्यो
कारलाई यति चाँडो चार्ज गर्नका लागि यसमा ९ सय भोल्टको चार्जर प्रयोग गरिएको छ। जसले ३ सय किलोवाटभन्दा धेरै पिक चार्जिङ रेट प्रदान गर्ने गर्दछ। टेस्लाको भीथ्री सुपर चार्जरले २५० किलोवाटको पिक चार्जिङ रेट प्रदान गर्ने गर्दछ। यो चार्जरबाट १ मिनेट चार्ज गरेपछि टेस्लाको कार करिब २४ किलोमिटर कुद्ने गर्दछ।
फास्ट चार्जरको एउटा नेटवर्क बनाउनका लागि लुसिड मोटर्सले भोल्सवागेनको सहायक कम्पनी इलेक्ट्रिफाई अमेरिकासँग साझेदारी गरिरहेको छ।
फुल चार्जपछि सबैभन्दा धेरै रेन्ज दिने कार
लुसिड मोटर्सले पछिल्लो साता आफ्नो इलेक्ट्रिक कार लुसिड एअर एकपटक फुल चार्ज गरेपछि ५१७ माइल्स (करिब ८३२ किलोमिटर) सम्म चल्ने जनाएको थियो। वर्तमान समयमा लुसिड एयरको रेन्ज सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार टेस्लाको मोडेल एस लंग्स रेन्ज प्लसभन्दा २८ प्रतिशत धेरै हुनेछ।
लुसिड एयरलाई सन् २०२० सेप्टेम्बर ९ मा पेस गरिनेछ र यसको सिपमेन्ट सन् २०२१ म सुरु हुनेछ।
लुसिड मोटर्सको वेबसाइटका अनुसार यो इलेक्ट्रिक कारले २.५ सेकेन्डमा करिब १०० किलोमिटर प्रतिघन्टाको स्पिड लिन सक्छ। यो कारको टप स्पिड २०० माइल्स प्रतिघन्टा (करिब ३२० किलोमिटर) भन्दा धेरै रहनेछ। यो कारको मूल्य १ लाख अमेरिकी डलरभन्दा धेरै हुनेछ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19