काठमाण्डौ । नेपाली बीमा बजारमा शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा’ पोलिसी निकै लोकप्रिय बनेको छ।
शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट सुरु गरेको सवारीसाधन अतिरिक्त लाभ बीमालेखअन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको हो। मोटर बीमा निर्देशिका, २०७३ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा’ नेपाली बीमा बजारकै पृथक पोलिसी हो।
मोटर बीमा निर्देशिका, २०७३ अनुसार मोटर बीमा पोलिसीले क्षतिको समयमा सवारीधनीलाई पूर्ण राहात दिन नसक्ने, सवारी साधनको क्षति वा चोरी हुँदा बीमांक रकमसम्मको मात्र दाबी पाइने, क्षतिको मूल्यांकनमा ह्रासकट्टीबापत रकम काट्ने, गाडी पूर्ण क्षति भएको र अर्को नयाँ सवारीसाधन खरिद गर्नुपरेमा बीमित आफैँले रकम थप्नुपर्ने र उक्त गाडी मर्मत नहुन्जेल वा नयाँ खरिद नगरुन्जेलसम्म बीमित आफैँले यातायात खर्च व्यहोर्नुपर्नेजस्ता कुरामा सवारीधनीलाई थप सहजता उपलब्ध गराउन आवश्यक ठानी शिखर इन्स्योरेन्सले अटो प्लस बीमा योजना सुरु गरेको हो।
बीमा क्षेत्रकै नौलो, सवारीसाधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको ‘अटो प्लस बीमा योजना’अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारीसाधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्।
यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटरजस्ता चारपांग्रे र दुईपांग्रे निजी सवारीसाधन हुनेले मात्र लिन सक्नेछन्। अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारीसाधन बीमाको अवधिको समान छ। नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारीसाधनका लागिमात्र ‘अटो प्लस बीमा’ पोलिसी खरिद गर्न सकिन्छ। जस्तो सवारीसाधन क्षति भई पार्टपुर्जाहरु फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्यांकनअनुसार भएको ह्रासकट्टीको रकममात्र कम्पनीले भुक्तानी दिन्छ।
यस्तै अटो प्लस बीमा गर्दा सवारीसाधन पुनस्र्थापनाअन्तर्गत सवारीसाधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारीसाधन उपल्ब्ध गराउँछ।
यसैगरी यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्चसमेत पाउनेछन्। जसमा आफ्नो सवारीसाधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्चसमेत कम्पनीले उपलब्ध गराउँछ। यद्यपि यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपांग्रे सवारीका लागि फरक हुन्छ। भाडादर पनि सवारीसाधनको मूल्यअनुसार फरक हुन्छ।
शिखर अटो प्लस बीमाले मोटर बीमा निर्देशिका २०७३ सहित बीमितहरुका लागि नयाँ आयम थपेका कारण हाल निजी सवारीधनीहरु उत्साहित देखिएका छन्।
विगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलका रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले सुरु गरेको अटोप्लस बीमा योजना नयाँ पोलिसी हो। हाल नेपालमा अन्य बीमा कम्पनीसँग नभएका मौसम सूचकांक बीमा र अटो प्लस बीमा कार्यक्रम शिखरका पछिल्ला पृथक बीमा योजना हुन्।
यसैबीच शिखर इन्स्योरेन्समा हुन्डाईका गाडीहरुको बीमा गराउँदै आएको नेपालका लागि हुन्डाईका गाडीहरुको आधिकारिक बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिले पनि नयाँ वर्ष २०७८ साललाई लक्षित गरी ‘हुन्डाई चढौँ अघि बढौँ’ अन्तर्गत एक वर्षसम्मको बीमा छुटको योजना ल्याएको छ। उक्त प्रालिले हाल नेपालभर रहेका आफ्ना १३ शोरुम र १७ सर्भिस सेन्टरमार्फत ग्राहकका लागि विभिन्न सुविधासहित बीमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19