काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।
यस अवसरमा बैंकले ग्राहकमाझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ। २६ लाखको बीमा सुविधाअन्तर्गत परिवार का ४ जना सदस्यलाई रु एकलाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एकलाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।
साथै खाता खोलिएको पहिलो वर्षका लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा रु २० हजारको मेडिकल बीमा सुविधा प्रदान गरिने समेत घोषणा गरिएको छ ।
बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19