काठमाण्डौ । साबिकको फेवा र गण्डकी विकास बैंक आपसमा मर्ज भई बनेको गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा वाणिज्य बैंकलाई माथ ख्वाउने नाफा लगायतका वित्तीय विवरण निकालेको छ ।
राष्ट्रिय स्तरको यो विकास बैंकले यो आर्थिक वर्ष मा ५४ करोड बढी खूद नाफा कमाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २९ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्ष ५८ करोड १८ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ६ करोडको उचाइमा पुुगेको छ ।
यस्तै, ४७ कोड ६३ लाखमा सीमित संचालन मुनाफा ८४ करोड २९ लाखको उचाईमा पुुगेको छ ।
यो अवधिमा बैंकले १८ अर्ब ३३ करोड निक्षेप संकलन गरी १६ अर्ब ५१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ११ अर्ब ७३ करोड निक्षेप संकलन गरी १० अर्ब २२ करोड कर्जा परिचालन गरेकोथियो ।
दुुई बैंक एक भएपछि जगेडा कोषको आकारमा व्यापक वृद्धि भएको छ । अघिल्लो वर्ष ४८ करोड ८४ लाख रुपैयाँ जगेडा कोषमा रहेकोमा यो वर्ष बढेर १ अर्ब ८४ करोड पुुगेको छ ।
अघिल्लो वर्ष ०.५४ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा ०.४० प्रतिशतमा झरेको छ ।
यस्तै, यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.७१ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ११९५.२१ रुपैयाँ कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago