काठमाण्डौ । लगानीकर्ताको अपेक्षा विपरीत ‘क’ वर्गका वाणिज्य बैंकहरुले धमाधम नगद लाभांश घोषणा गर्न थालेका छन् । 

सानिमा बैंकले नगद लाभांश  घोषणा गरेको भोलिपल्ट एभरेष्ट बैंकले पनि नगद लाभांशमै जोड दिने प्रस्ताव सार्वजनिक गरेको छ । 

एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो भनेको करसहितको लाभांश हो । 

बैंकको कात्तिक १५ गते बसेको संचालक समितिको २९८ औं बोर्ड बैंठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ८ अर्ब  २ करोड ६८ लाख ६३ हजार ६ सय ६९ रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले १ अर्ब ६० करोड ५३ लाख ७२ हजार ७ सय ३३.८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नुपर्नेछ ।