काठमाण्डौ । प्राथमिकता प्राप्त क्षेत्र र केही निश्चित उद्देश्यका लागि वाणिज्य बैंकहरुले आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने भएका छन् ।
नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै विदेशी बैंक तथा बित्तीय संस्थाहरुबाट प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था संसोधन गरी ५० प्रतिशत पुर्याइएको स्पष्ट पारेको हो ।
वाणिज्य बैंकहरुले नवीकरणीय उर्जा(जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुंगमार्ग, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक पूर्वाधार(हाउजिंग, जग्गा विकास, जस्ता रियलस्टेट क्षेत्रबाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशत रकमसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउनेछन् ।
तर, केन्द्रीय बैंकले तोके बमोजिमको पूँजीकोष कायम गरेका बैंकहरुले मात्र यस्तो ऋण लिन पाउने बताइएको छ ।
यस्तो ऋणको भुक्तानी अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ५ वर्षसम्मको हुनुपर्ने, तर केन्द्रीय बैंकको स्वीकृतिमा यस्तो ऋणको नवीकरण समेत गर्न सकिनेछ ।
संसोधनसहित आएका अन्य शर्त यस्ता छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19