काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।
नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांकअनुसार मंसिर १ गतेदेखि मंसिर ३ गतेसम्म निक्षेप घटेको र कर्जा लगानी बढेको देखिएको छ।
यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ।
लगातार निक्षेप घटिरहेको भए पनि कात्तिकको अन्तिम साता भने बैंकको निक्षेप १० अर्ब रुपैयाँले बढेको थियो। मंसिर लागेयता भने पुनः घटेको हो।
यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने ७ अर्ब रुपैयाँले बढेको छ। गत कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago