काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। राष्ट्र बैंकले एक सूूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
असोज २ गतेदेखि बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट तथा सुकिलो नोट सटहीका लागि काठमाडौँ उपत्यका (काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकेर आफ्नो वेबसाइटमार्फत सूचना दिनुुपर्नेछ।
सूचनामा नयाँ तथा सुकिलो नोट सटही गर्न समयावधि र संख्यासमेत उल्लेख गर्नुुपर्नेछ। सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक–एक बन्डलका दरले जम्मा १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउनुुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago