काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ।
सेबोनले आज एक सूचना प्रकाशित गरी सेबोनमा रहेको लगानीयोग्य (अक्षय कोषबाहकेको) रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति, २०६७’को अधीनमा रहेर वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको हो।
आफूले दिन सक्ने एकवर्षे ब्याजदरसहित इच्छुक वाणिज्य बैंकले यो सूचना प्रकाशित भएको मितिले ५ दिन अर्थात पुस २८ गतेसम्म कार्यालय समयभन्दा एक घन्टाअगाडि प्रस्ताव पेस गर्न सेबोनले सूचित गरेको छ।
प्राप्ति सिलबन्दी प्रस्तावहरु सिलबन्दी प्रस्ताव पेस गर्ने अन्तिम दिनको अपराह्न ४ः१५ बजवे सेबोनको खुमलटारस्थित कार्यालयमा खोलिने सूचनामा उल्लेख छ।
लगानीसम्बन्धी अन्तिम निर्णय सेबोनमा निहीत रहने पनि प्रस्ट पारिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19