काठमाण्डौ । सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले संचालन गरेको वालेटमार्फत गरिने राजश्व भुक्तानी सम्बन्धी कारोबार आगामी पुससम्मका लागि निःशुल्क हुने भएको छ ।
नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई एक परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
कोभिड १९ को असहज परिस्थितिलाई दृष्टिगत गर्दै आगामी २०७७ पुस मसान्तसम्मका लागि राजश्व भुक्तानी सम्बन्धी सबै कारोबार रकम निःशुल्क गर्नुपर्नेछ ।
त्यसबाहेक बाँकी सहज अवस्थाका लागि भने केन्द्रीय बैंकले राजश्व कारोबार रकमको सीमाअनुसारको शुल्क लिन पाउने व्यवस्था समेत गरिदिएको छ ।
जसअनुसार १ हजार रुपैयाँसम्मको राजश्व वालेटबाट तिर्दा कुनै पनि चार्ज लिन पाइनेछैन ।
एकहजार १ देखि ३ हजार रुपैयाँसम्मको राजश्व कारोबार गर्दा रु. ५, ३ हजार १ देखि १० हजार रुपैयाँसम्मको कारोबार गर्दा प्रति कारोबार शुल्क रु. १० र १० हजार १ देखिमाथिका कारोबार गर्दा प्रति कारोबार रु . ३० सेवाशुल्क लिन पाइनेछ । यही शुल्क पुस मसान्तसम्म भने लिन पाइनेछैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago