काठमाण्डौ । नेपाल राष्ट्रबैंकले दुुर्गम क्षेत्रका १० जिल्लामा लघुवित्त संस्था संचालनका लागि खुलाएको लाइसेन्स बन्द गरेको छ ।

यसअघि देशका ६५ जिल्लामा लघुवित्त संस्था संचालनको लाइसेन्स बन्द गरिएको थियो भने १० वटा जिल्लामा प्रधान कार्यालय राखी तिनै जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी लघुवित्त संस्था खोल्ने लाइसेन्स भने खुल्लै राखिएको थियो । 

राष्ट्रबैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागले मंगलबार एक सूचना प्रकाशित गरी मनाङ, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट, मुुगुु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला जिल्लामा प्रधान कार्यालय स्थापना गरी उक्त जिल्लाहरुमै कार्यक्षेत्र रहने गरी बाहेक अन्य क्षेत्रका लागि लघुवित्त बित्तीय संस्था स्थापना एवम् बित्तीय कारोबार गर्न इजाजतपत्रका लागि आवेदन लिने कार्य स्थगन गरिएकोमा सो जिल्लाहरुमा समेत लघुवित्त संस्थाको स्थापना एवम् इजाजतका लागि आवेदन लिने कार्य स्थगन गरिएको जनाएको हो ।