Krishna raj Lamichhane
काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले नियामक नेपाल राष्ट्रबैंकले आफूहरु(विकास बैंक) ठूलो हुँदा समेत केटाकेटीले खेल्ने स्वीमिङ पुलमा सीमित राख्दा पौडिन गाह्रो भएको गुनासो गरेका छन् ।
उनले विकास बैंकहरुको हिजो र आजको अवस्थालाई केटाकेटी र बयस्कको संज्ञा दिंदै भने–‘हिजो साना थिए विकास बैंक, तर आज चार गुणाभन्दा बढीले चुक्तापूँजी बढेपछि ठूला भएका छन् । बयस्क(ठूलो) भइसकेपछि पनि उनीहरुलाई तिमीहरु केटाकेटीकै स्वीमिङ पुलमा पौडिनुपर्छ भन्नु न्यायोचित हुन्न । हामीलाई केटाकेटीको स्वीमिङ पुलमा पौडिन गाह्रो भो, हामीलाई ठूलो स्वीमिङ पुल चाहियो, दायरा बढाइदिनुपर्यो ।'
उनले प्रतिकात्मक ढंगले चुक्तापुँजी बढ्दा समेत वाणिज्य बैंकहरुले जस्ता विभिन्न क्षेत्रमा विकास बैंकहरुलाई काम गर्न नदिइएको गुनासो गरेका हुन् ।
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष लामिछानेले विकास बैंकको दायरा बढाइदिनुपर्ने माग राखे । कार्यक्रमपछि बिजशालाले उनलाई कुन–कुन क्षेत्रमा दायरा बढाउनुपर्यो भन्नुभएको हो ? भन्ने प्रश्न गरेको थियो । लामिछानेले नेपाल राष्ट्रबैंकले आर्थिक रुपमा मजबुत भएका विकास बैंकहरुलाई लोकल एलसी, रेमिटान्स, म्युचुअल फण्डको काम गर्ने स्वीकृति दिनुपर्ने माग राखिएको प्रष्ट्याए । ‘हामीले यी मागहरु राखेको धेरै भयो ।’ उनले भने–‘तर अहिलेसम्म पूरा भएको छैन, राष्ट्रबैंक गम्भीर बनिदिनुपर्छ ।’
हिजोको अवस्थामा वाणिज्य बैंकले अबका विकास बैंककै जति चुक्तापूँजी हुँदाको अवस्थामा गर्नसक्ने काम विकास बैंकले चाहि किन गर्न नसक्ने वा नहुने ? भन्ने प्रश्न गर्दै उनले भने–‘२ अर्ब ५० करोड चुक्तापूँजी हुँदा पनि हिजोको ६४ करोड चुक्तापूँजीकै काममा तिमीहरु सीमित बन भन्नु हामीमाथिको अन्याय हो ।’
उनले विकास बैंकहरु विकट र ग्रामीण क्षेत्रमा गइरहेका र आगामी दिनमा यस्ता क्षेत्रलाई प्राथमिकतामा राखी बैकिङ सेवा बिस्तार गरिने वचन दिए ।
उनले ५ महिनासम्मको अघोषित नाकाबन्दी, भूकम्प लगायतका विपतहरुले समेत नेपालको बैकिङ क्षेत्रलाई हल्लाउन नसकेको भन्दै नेपालका बैंक सुरक्षित र अन्तराष्ट्रिय स्तरका बन्दै गएका दाबी गरे । मर्जर र एक्वीजिसनको लहर चलेकोले देशमा विकास बैंकको संख्या ३० देखि ३२ मा झर्नसक्ने प्रक्षेपण सार्वजनिक गरे । ‘तर थोरै भए पनि सबै संस्था मजबुत हुनेछन् ।’ उनले भने–‘नेपालको बैकिङ क्षेत्र पूर्ण सुरक्षित छ ।’
हाल देशभरका विकास बैंकहरुले ८ सय ५० वटा शाखामार्फत बैकिङ सेवा प्रवाह गरिरहेका उनले जानकारी दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago