काठमाण्डौँ ।  देवः विकास बैंक लिमिटेडले आइतबार सेयर मूल्यमा समायोजन गरेको छ । 

मूल्य समायोजनपछि बैंकको प्रतिकित्ता १३८.३९ रुपैयाँ कायम हुन आएको छ। बैंकले ५.५० प्रतिशत बोनस सेयर समायोजन गर्न १५६ रुपैयाँ ५४ पैसालाई आधारमूल्य तोकेको छ । बैंकको २७२ औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट हालको चुक्तापुँजीको ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । 

नेप्सेका अनुसार बैंक बिहीबार अन्तिम बजारमूल्य प्रतिकित्ता १४६ रुपैयाँ थियो । 

५१ प्रतिशत प्रमोटर सेयर रहेको बैंकमा ४९ प्रतिशत पब्लिक सेयर रहेको छ । बैंकको चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २ अर्ब ६८ करोडको हाराहारीमा पुग्नेछ ।