काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५ अनुसार पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।
यो व्यवस्थासँगै अब केही विकास बैंकहरुले टाइट पूँजीकोषको अप्ठ्यारो सामना गर्नुपर्नेछ ।
यो व्यवस्थाले यसअघि वासल टूअनुसार कोर क्यापिटलको ६ प्रतिशत हाराहारी मात्र क्यापिटल एडेक्वेसी कायम गर्दै आएका मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक लगायतलाई पनि सकस पर्नेछ । अब यो व्यवस्थाअनुसार वासल थ्री अनुसारकै ८.५ प्रतिशतको क्यापिटल एडेक्वेसी रेसियो विकास बैंकहरुले कायम गर्नुपर्नेछ ।
वासल थ्रीको व्यवस्था पूर्ण लागू हुने संकेत पाएका विकास बैंकहरुले लामो समयदेखि हकप्रद सेयर जारी गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । यस पछाडिको कारण नै टाइट पूँजीकोष अनुपात थियो । विकास बैंकहरुले माग गर्दै आएका हकप्रद सेयरको सान्दर्भिकता अब अझ बढेर गएको बैंकरहरु बताउँछन् । अब वासल थ्री अनुसारको पूँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले हकप्रदमा समेत लचिलो नीति अपनाउनुपर्ने विकास बैंकका सीइओहरुको माग छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19