काठमाण्डौ । विकास बैंकहरुले समेत ब्याजदरमा भद्र सहमति गरेका छन् । 

शुक्रबार दिउँसो डेभलपमेन्ट बैंकर्स एशोसिएसनले डाकेको बैठकमा सहभागी विकास बैंकका सीइओहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतीमा १० प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति भएको हो । 

वाणिज्य बैंकहरुले ब्याजदरमा भद्र सहमति कायम गरेको भोलिपल्ट नेपाल राष्टबैंकको निर्देशनमा विकास बैंकले पनि ब्याजदर घटाएर भद्र सहमति गरेका हुन् । 

नेपाल राष्ट्रबैंकको निर्देशनमै नेपाल बैंकर्स संघले बिहीबार बैठक बसेर ब्याजदर घटाउने भद्र सहमति कायम गरेको थियो । जसअनुसार वाणिज्य बैंकले बचतमा ६.५ प्रतिशत, व्यक्तिगत मुद्धतीमा ९.२५ प्रतिशत र संस्थागत मुद्धतीमा ८.५ प्रतिशत ब्याजदर कायम गरेका थिए । 

वाणिज्य बैंकहरुले ब्याजदर बढाएर साढे १३ प्रतिशत पुर्याएपछि अधिकतम साढे १२ प्रतिशतको दरमा बसेका विकास बैंकहरुले ब्याजदर नघटाए आफूहरुले समेत बढाएर १४ प्रतिशत पुर्याउने चेतावनी दिएका थिए । उनीहरुले आइतबारसम्मको अल्टिमेटम समेत दिएका थिए । तर, बिहीबार नै वाणिज्य बैंकबीच भद्र सहमति कायम भएपछि विकास बैंकहरुले समेत ब्याजदरमा भद्र सहमति कायम गरेका हुन् ।