काठमाण्डौ । विजय लघुवित्त बित्तीय संस्था लिमीटेडले सेयरधनीलाई १० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । 

यो कम्पनीले १ करोड ७७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १९ करोड ४८ लाखको उचाईमा पुग्नेछ ।