काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ। 

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत वर्ष यही अवधिको तुलनामा २८.७४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाले सञ्चालन मुनाफाबाट ८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो। गत वर्ष यही अवधिमा संस्थाले ३५ लाख ४९ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५ करोड ५४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको यस्तो आम्दानी १२ करोड ६३ लाख रुपैयाँमात्र थियो।

संस्थाले २ अर्ब ८७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले २ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार २१.५६ प्रतिशतले बढेर १२ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष रिभर्जमा १० करोड ५७ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी २६ करोड ६५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५०.५६ रुपैयाँबाट बढेर ५४.७० रुपैयाँ पुगेको छ। पीई रेसियो २१.१० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४८.२१ रुपैयाँ रहेको छ।