 
                     
                                
                             
                                    काठमाण्डौ । सुजुकी मोटर्सले आफ्नो तीनवटा लोकप्रिय कारका न्यु जेनेरेसन मोडल ल्याउने तयारी गरिरहेको छ। यसमा कम्पनीका तीन लोकप्रिय कार सुजुकी विटारा ब्रेजा, सुजुकी अल्टो र सुजुकी वेगनआर ह्याचब्याक समावेश छन्।
यसमध्ये नयाँ विटारा ब्रेजा जनवरी २०२१ मा लन्च हुने सम्भावना छ। कम्पनीले नयाँ विटारामा ग्लोबल सी प्लेटफर्मको प्रयोग गर्न सक्छ। जापानमा यो कार १.४ लिटर इनलाइन ४ बुस्टरजेट पेट्रोल इन्जिनका साथ लन्च गरिनेछ। यो इन्जिनले १३०एपी पावर र २५३एनएम टार्क जेनेरेट गर्नेछ। यो यस कारको पाँचौँ जेनेरेसन मोडल हुनेछ।
अल्टोको नयाँ कार यसको नवौँ जेनेरेसन मोडलको हुनेछ। कम्पनीले या कारको नयाँ जेनेरेसन मोडल वल्र्ड प्रिमियर आउँदो डिसेम्बरमा गर्न सक्छ। समाचार स्रोतका अनुसार कम्पनीले यो मोडलको कारलाई अझै स्पोर्टी लुकमा ल्याउने तयारी गरिरहेको छ। जुन अर्को वर्ष अक्टोबरमा लन्च हुन सक्ने बताइएको छ।
कम्पनीले सार्वजनिक गर्न लागेको नयाँ वेगनआरका विषयमा विस्तृत रुपमा सबै कुरा बाहिर आइसकेको छैन। हालै भारतमा वेगनआरको ७ सिटर भर्जनको टेस्टिङका क्रममा देखाइएको छ। यो ७ सिटर मोडलको कन्सेप्ट भने सन् २०१३ मा इन्डोनेसियामा भएको एउटा मोटर शोमा पेस गरिएको थियो। त्यसपछि यो युनिक मोडलका विषयमा कुनै चर्चा भएको छैन। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19