काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड तथा आइएफसी बीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त कर्जा सम्झौतापत्र आदानप्रदान समारोहमा एनआइसी एशिया बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आइएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी थिए ।
यो दीर्घकालीन कर्जा सापटका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ ।
देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको हो ।
दीर्घकालीन कर्जा प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा साबित हुने विश्वास बैंकले लिएको छ ।
उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आई एफ सी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने बैंकको भनाई छ ।
नेपाल राष्टबैंकले केही दिनअघि नेपालका वाणिज्य बैंकहरुले विदेशबाट ऋण सापटी भित्र्याउन पाउने नीतिगत व्यवस्था गरिसकेको छ । यो व्यवस्था अन्तरगत पहिलो चरणमा ऋण भित्र्याउने प्रक्रियाको सुरुवात गर्ने बिषयमा एनआइसी एशियाले अग्रसरता लिएको हो । एनएमबी बैंकले समेत यस्तो ऋण भित्र्याउनका लागि केही समयअघि आइएफसीसँग सम्झौता गरिसकेको छ ।
यो हिसाबले एनआइसी एशिया र एनएमबी बैंक देशमा विदेशबाट ऋण भित्र्याउने पहिलो दुुई बैंक बन्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19