काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुले पाउने अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ ।
विदेशी मुद्राको सञ्चिती बढेर बाह्य क्षेत्र सहज भएसँगै केन्द्रीय बैंकले यस्तो नीति लिएको हो ।
आइतबार सार्वजनिक मौद्रिक नीतिमा केन्द्रीय बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
यस्तै, कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था समेत हटाइएको छ ।
विदेशी विनिमय व्यवस्थापनको विषयमा केन्द्रीय बैंकले लिएको अन्य नीति यस्ता छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19