काठमाण्डौ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आरटजीएस प्रणालीबाट मात्रै गत कात्तिकमा ११ खर्ब ८ अर्ब २९ करोड ७० लाख रुपैयाँ कारोबार भएकोमा अघिल्लो महिना असोजमा १४ खर्ब ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ बढी कारोबार भएको छ ।
अघिल्लो महिनाको तुलनामा ३ खर्ब १ अर्ब ७५ करोड २० लाख रुपैयाँले घटी हो ।
यस्तै एटीएमबाट गत कात्तिकमा ५५ अर्ब ४९ करोड रुपैयाँ बढी कारोबार भएकोमा गत असोजमा ४६ अर्ब ७८ करोड ५० लाख रुपैयाँ भएको थियो । यो अघिल्लो महिनाको तुलनामा ८ अर्ब ७० करोड ५० लाख रुपैयाँले बढी हो ।
यस्तै इलेक्ट्रोनिक चेक क्लियरिङ(इसीसी)बाट गत असोजमा ६ खर्ब ८७ अर्ब ७ करोड ५० लाख रुपैयाँ भएकोमा कात्तिकमा घटेर ५ खर्ब ४५ अर्ब १८ करोड ५० लाख रुपैयाँ भएको छ । अघिल्लो महिनाको तुलनामा १ खर्ब ४१ अर्ब ८९ करोड रुपैयाँले गिरावट आएको छ ।
यसैबीच आइपीएसबाट भने गत असोजमा २ खर्ब ३४ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कारोबार भएकोमा कात्तिकमा १ खर्ब ७० अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो महिनाको तुलनामा ६३ अर्ब ६८ करोड ८० लाख रुपैयाँले घटी हो ।
कनेक्ट आइपीएसबाट पनि गत असोजमा ८८ अर्ब ९७ करोड ९० लाख रुपैयाँ भएको थियो भने कात्तिकमा ७३ अर्ब ५९ करोड ४० लाख रुपैयाँ मात्रै भएको छ । एक महिनाकोअवधिमा १५ अर्ब ३८ करोड ५० लाख रुपैयाँले गिरावट आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago