काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बढी बाहिरिएको छ।
भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म विदेशबाट १०० किलोवाट क्षमताका २ हजार ८८२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ।
अघिल्लो महिना चैत मसान्तसम्म १०० किलोवाटको २ हजार ३७९ विद्युतीय सवारीसाधन आयात भएको थियो। चैत महिनासम्ममा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो।
वैशाखमा मात्रै ५०३ वटा विद्युतीय सवारीसाधन भित्रिएको छ।
यसैगरी वैशाखसम्म विदेशबाट २०० किलोवाटसम्मको ६६ वटा र ३०० किलोवाटका ७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। जसमा क्रमशः २७ करोड ५७ लाख रुपैयाँ र ४ करोड रुपैयाँ बाहिरिएको छ।
चैत महिनासम्म २०० किलोवाटका ६५ वटा र ३०० किलोवाटका ६ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago