 
                     
                                
                             
                                    काठमाण्डौ । श्रीलंकाको आर्थिक संकटको प्रभाव त्यहाँको सेयर बजारमा समेत देखिन थालेको छ।
विद्युत आपूर्तिमा समस्या भएपछि श्रीलंकाको कोलोम्बो स्टक एक्सचेन्ज (सीएसई) ले कारोबार समय २ घन्टा घटाएको हो। श्रीलंकामा नियमित रुपमा साढे ४ घन्टा सेयर कारोबार हुुने गरेकोमा ब्रोकरहरुको आग्रहमा सीएसईले २ घन्टा कारोबार समय घटाएको हो।
कारोबार समय घटाएपछि बिहीबार खुलेको सेयर बजारमा निरन्तर गिरावट आएपछि ३० मिनेटका लागि कारोबार स्थगित गरियो।यससँगै दुई दिनमा तेस्रोपटक कारोबार स्थगित भएको हो।
ब्रोकर कम्पनी लंकन सेक्युरिटिजका विश्लेषक रोशीनी गामाजे भन्छन्, ‘कारोबार समयमा भएको कटौती र विद्युत आपूर्तिमा देखिएको समस्याले लगानीकर्ताको सेन्टिमेन्टमा प्रभाव परेको छ। जसका कारण बजारमा गिरावट आइरहेको छ।’
आर्थिक संकटका कारण सीएसई इन्डेक्स ४.२१ प्रतिशतले घटेको छ। जुन सन् २००८ पछिकै सबैभन्दा खराब त्रैमासिक प्रदर्शन हो।
श्रीलंकाको एक्सचेन्ज डेटाका अनुसार विदेशी लगानीकर्ताले ४२६.६ मिलियन श्रीलंकन रुपैयाँबराबरको सेयर बिक्री गरेका छन्। कुल कारोबार रकम २.३२ बिलियन श्रीलंकन रुपैयाँ रहेको छ।
थर्मल प्लान्टका लागि इन्धन अभाव भएपछि श्रीलंकामा १३ घन्टा विद्युत कटौती भइरहेको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19