काठमाण्डौ । विदेशमा कार्यरत नेपालीहरुले देशमा रेमिट्यान्सको रुपमा पैसा पठाउँदा प्रति दिन प्रति व्यक्ति प्रति पटक १५०० डलरको सीमा तोकिएको छ ।
नेपाल राष्टबैंकको विदेशी विनियम व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै प्रति दिन प्रति पटक प्रति व्यक्ति रेमिटान्स कारोबारको सीमा १५०० अमेरिकी डलर बराबर मात्र हुने प्रष्ट्याएको हो ।
विप्रेषण भई आएको सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने शर्त समेत तोकिएको छ ।
यसैगरी, विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेका हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्ने तथा यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक तथा वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी यकिन गरी नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने समेत भनिएको छ ।
यस्तै, एएमएल तथा सिएफटी सम्बन्धमा कायम रहेको विद्यमान व्यवस्था पूर्ण रुपले पालना गर्नुपर्ने, सोअनुसार कारोबार गर्दा अस्वभाविक कारोबार भएको पाइएमा तत्काल कारोबार बन्द गरी नेपाल राष्ट्रबैंकलाई जानकारी दिनुपर्ने शर्तहरु समेत तोकिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19