Photo Source : Dainik Vaskar
काठमाण्डौ । इंग्ल्यान्ड र वेल्समा आईसीसी क्रिकेट विश्वकप प्रतियोगिता चलिरहेको छ । हिजो आइतबारसम्म पहिलो चरणका खेलहरु सकिएका छन् । अब भोलि मंगलबारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् ।
क्रिकेट प्रतियोगिता क्रेज विश्वभर नै छ । करोडौँ मानिस यो प्रतियोगिता हेरिरहेका छन् । विश्वकप प्रतियोगिताले एकातिर खेलप्रेमीहरुलाई मनोरञ्जन दिइरहेको छ भने अर्कोतर्फ यो प्रतियोगिता क्षणभर करोडौँ कमाउने जुवा बनेको छ ।
अहिले विश्वकप क्रिकेट प्रतियोगिता करोडौँको सट्टाबाजी (जुवा) भइरहेको छ । जुन अवैध हो ।
छिमेकी मुलुक भारत क्रिकेटको क्रेज निकै छ । त्यसमाथि भारत चालु विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारतमा अहिले करोडौँको सट्टाबाजी भइरहेको छ ।
यस मुम्बई प्रहरीले सट्टाबाजीको भण्डाफोर गर्न सफल भएको छ । भारतमा सट्टाबाजी बन्देज छ तर ठूलो संख्यामा भारतीयहरु अहिले विश्वकप क्रिकेटमा सट्टाबाजी गरिरहेका छन् ।
फेडरसेन अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (एफआईसीसीआई) को हालैको रिपोर्टअनुसार चालु विश्वकप क्रिकेट प्रतियोगितामा भारतमा मात्रै सट्टाबाजीको कारोबार भारु ३ लाख करोड (नेरु ४.८ लाख करोड) भन्दा पनि बढी पुगिसकेको छ । यो राशि भारत सरकारको रक्षा बजेटबराबर हो ।
एफआईसीसीआई स्पोर्टस् कमिटीका सदस्य एवं सुगल एन्ड दमानी ग्रुपका सीईओ कमलेश विजय भारतमा या त क्रिकेट प्रतियोगितामा सट्टाबाजी पूर्ण रुपमा रोक्नुपर्ने वा यसलाई वैधता प्रदान गर्नुपर्ने बताउँछन् । यदि यसलाई वैधता प्रदान गरियो भने भारतलाई सरकारलाई ठूलो मात्रामा राजस्व संकलन हुने थुप्रैले रोजगारी पाउने उनको तर्क छ । उनी भन्छन्, ‘युरोप, अस्ट्रेलियाजस्ता थुप्रै देशमा सट्टाबाजीलाई वैधता दिइएको छ ।’
भारतमा अनलाइनमात्र पनि सट्टाबाजी भइरहेको छ । सट्टाबाजी खेलाउने अनलाइनमा बेटवे, बेटरैली इन्डिया, स्पिन प्यालेस, दफाबेटजस्ता थुप्रै छन् । यस्ता अनलाइनमा सट्टाबाजी खेल्न चाहनेले खाता नै खोल्नुपर्ने हुन्छ र आफूले चाहेको खेल सुरु हुनुअघि नै डेबिट वा क्रेडिट कार्डमार्फत सट्टाबाजी रकम जम्मा गर्नुपर्ने हुन्छ ।
सन् २०१३ मा आईपीएलमा स्पोर्ट फिक्सिङको छानबिन गर्न गठित लोडा प्यानलले क्रिकेटमा सट्टाबाजीलाई कानुनी दर्ता दिन सिफारिस गरेको थियो । प्यानलले भनेको थियो कि सट्टाबाजीमा पूर्ण रुपमा लगाम लगाउन मुस्किल छ, त्यसैले यसलाई वैधता प्रदना गरी राजस्व असुलीमा योगदान गर्न सकिन्छ । यदि यसलाई वैधता दिइयो भने हरेक वर्ष झन्डै १८ देखि ३१ करोड रुपैयाँ राजस्व संकलन हुने थियो ।
जारी विश्वकप क्रिकेट प्रतियोगितामा भारत, इंग्लान्ड र अस्ट्रेलियाको कुनै पनि म्याचमा ४३८ करोडभन्दा बढीको सट्टाबाजी लाग्ने गरेको छ । भर्खरै सम्पन्न भारत र बंगलादेशबीचको वार्म अफ प्रतियोगितामा समेत १४९ करोडको सट्टाबाजी भएको थियो ।
अध्ययन प्रतिवेदनअनुसार भारतमा क्रिकेट प्रतियोगितामा मात्र टिम इन्डियाका लागि ६५ प्रतिशत सट्टाबाजी हुने गरेको छ ।
इंग्ल्यान्ड, अमेरिका, अस्ट्रिया, क्यानाडाजस्ता थुप्रै युरोपेली देशमा सट्टाबाजीलाई वैधता दिइएको छ । यी देशका सरकारले सट्टाबाजीबाट बर्सेनि थुप्रै राजस्व संकलन गरिरहेका छन् । – एजेन्सीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago