 
                     
                                
                             
                                    काठमाण्डौ । अमेरिकी नियामक निकायले विश्वकै धनी व्यक्ति एलन मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लालाई १ लाख ५८ हजार युनिट कार बजारबाट फिर्ता मगाउन आदेश दिएको छ।
नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले टेस्लाले बजारमा पठाएका कारहरुमा सुरक्षा कमजोरी देखिएकोले फिर्ता मगाउन पत्र पठाएर निर्देशन दिएको हो। नेसनल हाइवेले पठाएको पत्रमा टेस्लाका कारहरुको डिस्प्ले स्क्रिनमा समस्या रहेको र त्यसले विभिन्न किसिमका समस्या उत्पन्न भइरहेको दाबी गरिएको छ।
समाचार एजेन्सीहरुका अनुसार नेसनल हाइवेले टेस्लाद्वारा सन् २०२१ देखि २०१८ बीच बनेका टेस्ला मोडल एस कार र सन् २०१६ बाट सन् २०१८ बीच बनेका मोडल एक्सएस कारहरुमा यस्तो समस्या देखिएको हो। नेसनल हाइवेले टेस्लाका यी मोडलका कारहरु किन्ने ग्राहक र डिलरहरुलाई यो सुरक्षा कमजोरीबारे जानकारी गराउन र कारहरु फिर्ता मगाएर ठिक पार्न निर्देशन दिएको छ। यसबारेमा स्पष्ट पार्न पनि नेसनल हाइवेले टेस्लालाई यही जनवरी २७ सम्मको समयसीमा तोकेको छ।
कारहरु फिर्ता मगाउने विषयमा टेस्ला कम्पनीकालाई टाउको दुःखाइको विषय बन्न सक्ने विज्ञहरु बताउँछन्। यो कम्पनीले गत वर्षमात्रै ५ लाख कार उत्पादन गरी बिक्रीवितरण गरेको थियो।
हाल यो कम्पनीको सेयरमा निकै उछाल आइरहेको छ। यसको मार्केट क्याप ८०० अर्ब डलरमाथि पुगिसकेको छ।
टेस्ला विश्वकै सबैभन्दा मूल्यवान अटो कम्पनी पनि हो। यही कम्पनीको सेयरमूल्यमा उछाल आएर एनल मस्क विश्वकै धनी व्यक्ति बन्न सफल भएका हुन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19