काठमाण्डौ । विश्वमा थुप्रै महँगा फल छन्। हामीले किलो १ हजारभन्दा बढी पर्ने फलफूलका विषयमा सुनेका वा किनेका पनि होलौँ ।
के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा बढी मूल्य पर्ने फल कुन हो ? पक्कै पनि कमैलाई थाहा होला।
उक्त फलको मूल्य लाखौँ पर्छ भन्दा अझै आश्चर्य लाग्न सक्छ। तर, यो वास्तविकता हो।
विश्वमै सबैभन्दा महँगो फल जापानको युबारी भन्ने ठाउँमा उब्जाइन्छ। उक्त फलको नाम युबारी किङ राखिएको छ। मानिसहरु यो फल मूल्य थाहा पाउँदा यो फल किन्नुको सट्टा हीरा किन्ने सोचमा पर्न सक्छन्।
यो एक किसिमको खरबुजा हो। जसको खेती जापानमा हुन्छ। जापानीमा खेती गरिने यो फल प्रतिगोटा १ लाख वा २ लाख होइन १५ लाख रुपैयाँभन्दा बढी नै पर्छ।
यो फल ग्रिन हाउसमा उब्जाइन्छ। यो फलको खेती गर्दा विशेष ध्यान दिइन्छ। उच्चस्तरको मिठास, सेप, साइज सबै सुनिश्चित गरिन्छ।
यो फल पाक्न करिब १०० दिन लाग्छ । यो फल खाँदा निकै मिठो हुन्छ।
विशेषगरी चिसो मौसमको यो फलको खेती गरिन्छ। घामबाट बचाउनका लागि विशेष किसिमले तयार पारिएको टोपीहरु लगाइन्छ।
सन् २०१९ मा भएको लिलामीमा यस्ता २ वटा फल ५ मिलियन येन अर्थात ५२ लाख रुपैयाँ बढीमा बेचिएको थियो।
यो वर्ष पनि लिलामीमा यस्ता ४६६ वटा फल बेचिएको थियो। बेबी फुड उत्पादक कम्पनी होकाइदो प्रडक्ट्सले लिलामीमा यो फल किनेको थियो। यो फल लक्कीड्रमार्फत बिजेता बन्ने बालबालिकालाई वितरण गरिने कम्पनीले जनाएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19