काठमाण्डौ । विश्वको सर्वाधिक ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) चाङपेङ झाओले राजीनामा दिएका छन् ।
अमेरिकाको एन्टी मनी लान्ड्रिङ कानून तोडेको आरोपमा दोषी पाइएपछि बुधबार उनले पदबाट राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै भनेका छन्, ‘मैले गल्ती गरें, र मैले जिम्मेवारी लिनुपर्छ। यो हाम्रो समुदायको लागि, बाइनान्स र मेरो लागि उत्तम हो ।’
उक्त फैसलापछि क्रिप्टो एक्सचेन्जले ४.३ बिलियन डलर जरिवाना पनि तिर्नुपर्ने छ।कम्पनीले अब संघीय अधिकारीहरूलाई संदिग्ध गतिविधि रिपोर्ट गर्नुपर्छ।
न्याय विभाग,ट्रेजरी विभाग र कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनले वर्षौंदेखि उक्त कम्पनीमाथि अनुसन्धान गरिरहेको थियो।
अव उनी आगामी ३ वर्षसम्म कम्पनीमा कुनै पनि व्यवस्थापन सम्बन्धित पदमा बस्न पाउने छैनन् ।
यो क्रिप्टोकरेन्सी र अन्य डिजिटल सम्पत्तिहरू किन्ने र बेच्ने संसारको सबैभन्दा ठूलो प्लेटफर्मको रूपमा चिनिन्छ।
न्याय विभागले कम्पनीको रकम विनिमयले अपराधी र आतंकवादीहरूलाई पैसा सार्न सजिलो बनाएको पनि दाबी गरेको छ ।
कम्पनीका क्षेत्रीय बजार प्रमुख रिचर्ड टेङलाई नयाँ सीईओ नियुक्त गरिएको छ।-बीबीसी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19