काठमाण्डौ । विश्वको सबैभन्दा सनो घोडा पोल्यान्डमा फेला परेको छ। यसको उचाइ मात्र १ फिट रहेको छ ।
उक्त घोडा नाम बम्बेल दिइएको छ । गत बुधबारमात्र यो घोडाको नाम गिनिज वल्र्ड रिकर्डसमा लेखाउन सफल भएको छ । बम्बेल पोल्यान्डस्थित कासकडा फर्म हाउमा राखिएको थियो । त्यहाँ थुप्रै घोडाहरु राखिएका छन् । जसमा यो सबैभन्दा सानो घोडा हो ।
फर्मका मालिक प्याट्रिक र केटरजाइनाले पहिलोपटक यो घोडालाई सन् २०१४ मा देखाएका थिए । त्यतिखेर यो घोडा जम्मा दुई महिनाको मात्र थियो ।
प्याट्रिक र केटरजाइनाले बम्बेललाई ल्याएर आफ्नो फर्ममा पाल्दा केही बिरामीजस्तो थियो । तर पछि पत्ता लाग्यो कि यो घोडा अन्य घोडाजस्तै बढिरहेको छैन । असामान्य यो घोडाको उचाइ र तौल नबढेपछि प्याट्रिक र केटरजाइनाले यसको नाम गिनिज वल्र्ड रिकर्डसमा लेखाउने विचार गरे र सफल पनि भए । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago