काठमाण्डौ । कोरोना भाइरसको संक्रमण र फैलिएको महामारीले विश्वभरका अधिकांश मुलुकहरुमा आर्थिक मन्दी छाइसकेको छ ।
अमेरिका, यूरोप, चीन, जापान, बेलायत लगायत तमाम विकसित तथा विकासशील देशहरुको विकास दरमा भारी गिरावट आइसकेको छ । तर, विश्वमा एउटा देश यस्तो पनि छ, जहाँ सन् २०२० मा विकास दर ८६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
आइएमएफका अनुसार साउथ अमेरिकी देश गुयाना, जसको जनसंख्या करिब ७.८ लाख रहेको छ, त्यहाँको सन् २०२० सम्मको विकास दर ८६ प्रतिशत रहनेछ । २०१९ मा त्यहाँको विकास दर मात्र ४.४ प्रतिशत थियो । यदि प्रक्षेपित विकास दरको तुलना अमेरिकासँग गर्ने हो भने यो ४० गुणाले बढी हो ।
यो देशको सीमा ब्रजिल, भेनेजुएलाजस्ता देशसँग जोडिएको छ ।
गुयानामा कोरोना भाइरसको संक्रमण नपुगेको भने होइन । तर, संक्रमणको दर यहाँ अन्य देशको तुलनामा नगण्य जस्तै छ । यहाँ हालसम्म कोरोनाका ४७ संक्रमित देखिएका छन्, जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ भने ८ जना निको भएर घर फर्किएका छन् । एक्टिब केसको संख्या ३३ रहेको छ ।
धेरैको मन प्रश्नमा उठ्नसक्छ, जब पूरा विश्वमा मन्दी छाएको छ भने गुयानामा मात्रै कसरी यति धेरै विकास दर होला त ? आइएमएफका अनुसार गुयानामा तेलको निकै ठूलो भण्डार छ । यो देशको इन्डिभिजुअल आयल रिजर्ब विश्वको अन्य देशमध्येकै बढी छ ।
ओपेक देशमा साउदी अरबले सबैभन्दा धेरै तेल उत्पादन गर्छ र त्यहाँको इण्डीभिजुअल रिजर्ब १९०० ब्यारेल रहेको छ। तर गुयानामाको भने ३९०० ब्यारेल रहेको छ । गुयानामा कैयौ यस्ता तेल भण्डारहरु रहेका छन्, जसबाट अहिलेसम्म उत्पादन नै सुरु भइसकेको छैन । यहाँ नयाँ तेल भण्डार लगातार भेटिइरहेको समाचारमा उल्लेख गरिएको छ ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago