काठमाण्डौ । प्रायः ठूलठूला डेरी फर्म थुप्रै गाई पालिएका हुन्छन् । उनीहरुलाई स्याहारसुसार गर्नेहरु पनि थुप्रै खटिएका हुन्छन् । गाईको आहारविहारमा विशेष ध्यान दिइएको हुन्छ । त्यसैले यस्ता डेरी फर्म विशेषगरी अलि फराकिलो जमिनमा स्थापना गरिएको हुन्छ । 

तर सुन्दै अचम्म लाग्न सक्छ, पानीमाथि तैरिएको अवस्थामा डेरी फर्म सञ्चालन भइरहेको छ । तपाइँ चकित नहुनुहोस्, नेदरल्यान्डसको रोटरडम सहरमा यसरी नै पानीमाथि तैरियाएर एउटा डेरी फर्म खोलिएको छ । यो विश्वकै पहिलो यस्तो डेरी फर्म हो, जुन पानीमाथि तैरिएको अवस्थामा छ । 

रोटरडम बन्दरगाहमा खोलिएको उक्त डेरी फर्म ४० वटा गाई पाल्न सक्ने क्षमताको छ । तर अहिले त्यहाँ ३५ वटा गाई राखिएका छन् । ती गाईबाट दैनिक ८०० लिटर दूध उत्पादन हुन्छ । दूध दुहुन रोबट राखिएका छन् । 

यो फर्म डच प्राप्रटी कम्पनी बेलाडोनले सञ्चालनमा ल्याएको हो । रोटरडम सहरमा दूध आपूर्तिको माग पूरा गर्न यो फर्म सञ्चालनमा ल्याइएको हो । 

यो डेरी फर्म बन्दरगाहमा बनेका कारण उत्पादित दूध सजिलै उपभाक्ताकोमा पुर्याउन सकिन्छ । 

संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) का प्रमुख डा फेन्टन बिडले सहरमा रहेका यस्ता फर्म निकै राम्रा हुन्छन् किनकि यस्ता फर्ममा उत्पादित दूधमा कम पानी, फर्टिलाइजर र पेीटसाइडको प्रयोग गरिन्छ । 

फर्मका जनरल मेनेजर अल्बर्ट बेरसले फर्ममा पालिएका गाईका लागि ८० प्रतिशत आहार रोटरडमका फुड फ्याक्ट्रीबाट निस्केका बेकारका वस्तु, बेवरेज तथा रेस्टुराँ र क्याफेमा बढी भएका बस्तु बताए। उनका अनुसार सोलार प्यानलको प्रयोग गरी फर्मले आफैँ बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै फर्ममा उत्पादन हुने गोबर मल र ग्यास बनाउन प्रयोग भइरहेको छ । - एजेन्सी