काठमाण्डौ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले सोमबार पहिलेकै आफ्नो निर्देशिका बमोजिम बिरामी नहुञ्जेलसम्म र बिरामीको हेरचाहमा संलग्न नभएकालाई मास्क नलगाउन भनेका छन् ।
उनीहरुका अनुुसार विशाल जनसंख्याले मास्क लगाउँदा यसले प्रभावकारी फाइदा पुुर्याएको कुुनै पनि प्रमाण भेटिएको छैन ।
सोमबार स्वीट्जरल्याण्डको जेनभामा आयोजित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक राइनले मास्क नलगाउनुु र यसको गलत प्रयोग नगर्नुु भन्नुुको पछाडि केही प्रमाणहरु भएको बताए । मास्क र अन्य स्वास्थ्य सामाग्रीको अभावबारे बोल्दै उनले भने, “सबैले मास्क प्रयोग गर्दा विश्वमा मास्कको अभाव सिर्जना भएको छ । कोरोनाको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु भाइरस सर्ने जोखिम संग प्रत्येक सेकेण्ड जुुधिरहेका छन् । त्यसैले उनीहरुलाई मास्क अभाव भयो भनेर सोच्नुु पनि भयावह हुुन्छ ।” उनले भने ।
उक्त मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठनका संक्रामक र महामारी रोग विशेषज्ञ डाक्टर मारिया भान केर्कोभले आफूहरुले जसलाई वास्तवमै मास्क आवश्यक पर्छ उनीहरुलाई प्रयोगको लागि प्राथमिकतामा राखेको बताइन । त्यसैले आफूहरुले अग्रपंक्तिमा संलग्नमा रहेका स्वास्थ्यकर्मीको मास्क प्रयोगलाई प्राथमिकतामा राखेको बताइन् । “हामीले विशेष गरेर बिरामी भएका व्यक्ति र उनीहरुको हेरचाहमा संलग्नलाई मास्क लगाउन सुुझाव दिएका छौ ।” उनले भनिन् ।
विश्व स्वास्थ्य संगठनले गत साता विश्वभर डाक्टरहरुले बचाउका लागि लगाउने पिपिई र अन्य मेडिकल आपूर्तिको अभाव हुुने जनाएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago