काठमाण्डौ । विश्व तेल बजार आफ्ना अँध्यारा दिनहरुबाट तीव्र रुपमा बाहिर आइरहेको छ।

यो साता अमेरिकी कच्चा तेलको मूल्यले प्रतिब्यारल ४० डलरको आँकडा पार गरेको छ। सामान्य रुपमा हेर्दा यसलाई खासै उल्लेख्नीय मान्न सकिने अवस्था छैन तर अप्रिल २० मा प्रतिब्यारल मूल्य ४०.३२ डलर ऋणात्मक भएपछि अहिले तेलको मूल्यले प्रतिब्यारल ८० डलरको उकालो यात्रा साँच्चै अभूतपूर्व छ। 

मध्य अप्रिलदेखि अहिले विश्व बेन्चमार्क ब्रेन्ट क्रुुडको मूल्यमा दोब्बर वृद्धि भएको छ। कोरोना महामारीले ग्यासोलिन, जेट इन्धन र डिजेलको मागलाई पारेको प्रभावबाट विश्व अर्थतन्त्रमाथि उठ्ने अभिलाषाका साथ विश्व तेल बजारमा व्यापक सुुधार देखिएको छ। यसका साथै ओपेक, रुस र यसका साझेदारहरुबीच तेलको उत्पादनमा रेकर्डतोड कटौती गर्ने सहमति र विश्वको अग्रणी तेल उत्पादक अमेरिकाले समेत उत्पादनमा कमी ल्याउने गरेको निर्णयले तेल बजारमा पुुनरागमन देखिएको हो। तथापि अझै पनि समस्याहरु भने बाँकी रहेका छन्। 

तेलको मूल्यमा सुुधार देखिँदै गर्दा मागमा भने उल्लेख्य वृद्धि हुुन सकिरहेको छैन। तेलको माग कोरोना महामारी पूर्वको अवस्थामा पुुग्ने कुुनै पनि संकेतहरु देखिएका छैनन्। 

कोरोना संक्रमणको दोस्रो लहर देखिन सक्ने भयले समेत विश्व तेल बजारलाई पिरोलिरहेको छ। विश्लेषकहरुले विश्व तेल बजारको माग र आपूर्तिबीच सन्तुुलन आउन अझै धेरै समय लाग्न सक्ने चेतावनी दिएका छन्।

जेबीसी इनर्जी गुुप्रले तेलको मूल्यलाई हालको स्तरमा कायम गर्न तीव्र आश्चर्यजनक संगमको आवश्यकता पर्ने जनाएको छ। 

त्यस्तै गोल्डम्यान स्याक्सले तेल बजारका आधारभूत तत्वहरु मन्दीतर्फ लम्किरहेको र आउँदा साताहरुमा तेलको मूल्य फेरि पछाडि धकेलिन सक्ने चेतावनी दिएको छ। 

गोल्डम्यान स्याक्सले तेस्रो त्रैमासमा अमेरिकी तेलको औसत मूल्यप्रति ब्यारल ३४ डलर पुुग्ने आँकलन गरेको छ। तेल बजारलाई पुुनर्जीवित गर्न ओपेक र यसका साझेदारहरुले भर्खरै गरेका प्रयासहरुका बाबजुुत पनि अमेरिकी तेलको मूल्यमा कमी आउने गोल्डम्यानले अनुुमान लगाएको छ। 

गत साता ओपेक र यसका साझेदारहरुबीच जुुलाई महिनामार्फत तेलको उत्पादनलाई रेकर्ड मात्रामा कटौती गर्ने सहमति बनेको थियो। यसका साथै पहिले उत्पादन कटौती गर्न आनाकानी गरिरहेका इराक र नाइजेरियाले समेत तेल उत्पादनको कोटामा प्रतिबद्धता जनाएका थिए। यो सहमतिले साउदि अरेबिया र रुसको तेल युुद्धलाई ओझेलमा पारेको थियो। साउदी र रुसबीच तेलको मूल्यलाई लिएर अहिले कुुनै मतभेद छैन। 

अहिले तेलको लागि विश्वको प्यास विस्तारै सुुधार भइरहेको छ। विश्वभर लागुु भएका लकडाउन विस्तारै खुुकुुलो हुुदै गएता पनि मोटर ग्यासोलिन,जेट इन्धन र डिजेलको माग भने अझै पनि कमजोर देखिएको छ। कोरोना एपि सेन्टर बनेको अमे्रीकाको न्युु योर्क शहर पनि विस्तारै पुुन खुुल्दै गर्दा समेत तेलको मागमा वृद्धि हुुने सकिरहेको छैन। – एजेन्सी