काठमाण्डौ। विश्व बैंकले अफगानिस्तानलाई प्रदान गर्दै आइरहेको वित्तीय सहायतामा रोक लगाएको छ। 

तालिवानको शासनकालमा महिलाहरुको अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गर्दै विश्व बैंकले आफुले प्रदान गर्दै आइरहेको वित्तीय सहायता रोकेको जनाएको हो। अफगानिस्तानमा यतिबेला खाद्यान्नको मूल्यवृद्धि हुन सुरु भएको छ। 

त्यसमाथि वैदेशिक सहायतामा निर्भर रहँदै आइरहेको अर्थतन्त्रमा विश्व बैंक र अन्य वैदेशिक सहायतामा रोक लागेपछि अफगानिस्तानको आर्थिक संकट चुलिने अनुमान लगाइएको छ। ‘अफगानिस्तानमा विकसीत अवस्था र यसबाट त्यहाँको विकासमा पर्ने प्रभावप्रति हामी एकदमै चिन्तित छौँ र अझ विशेष त हामी त्यहाँका महिलाको अवस्थाप्रति अझ बढी चिन्तित छौँ’, विश्व बैंकका प्रवक्ता मार्सेला सान्चेज–बेन्डरले भनिन्। 

यद्यपि विश्व बैंकले अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारहरुसँग निरन्तर अन्तरक्रिया जारी राख्ने जनाएको छ। सोन्चेज–बेन्डर भन्छिन्, ‘अफगानिस्तानमा कडा प्रयासहरुबाट हासिल गरिएको विकासलाई जोगाउने उपयाहरु अबलम्बन गर्न र त्यहाँका जनतालाई सहयोग गर्ने उपायहरुका खोज्न हामी हाम्रा साझेदारहरुसँग मिलेर काम गरिरहेका छौँ।’ 

अमेरिकी समर्थक सरकार ढलेपछि अफगानिस्तानको मुद्रामा रेकर्डतोड गिरावट आएको छ। जसका कारण त्यहाँका मानिसहरुमा आर्थिक मन्दीको भय व्याप्त रहेको छ। – एजेन्सी