काठमाण्डौ। सन् २०२१ मा विद्युतीय सवारी साधनको बिक्रीमा निकै उछाल आएको छ।
विश्व बजारमा सन् २०२१ मा लगभग ६.५ मिलियन इलेक्ट्रिक गाडी (ईभी) (पूर्ण रुपमा इलेक्ट्रिक र प्लग–इन हाइब्रिड कार) बिक्री भएका छन्। जुन सन् २०२० को तुलनामा १०९ प्रतिशत बढी हो।
नयाँ प्रतिवेदनअनुसार ग्लोबल ईभी बजारमा एलन मस्कको कम्पनी टेस्ला १४ प्रतिशत हिस्सेदारीसहित शीर्ष स्थानमा छ।
मार्केट रिसर्च क्यानालिसका अनुसार विश्व बजारमा सन् २०२१ मा कुल कार बिक्री ४ प्रतिशतले मात्र बढेको छ। यो वर्ष कोरोना महामारीका जारी प्रतिबन्ध र सेमिकन्डक्टर चिपको आपूर्तिमा निकै समस्या भएको थियो। गत वर्ष कुल कार बिक्रीको ९ प्रतिशत हिस्सा विद्युतीय कारको थियो।
विश्वभर बिक्री हुने विद्युतीय सवारीमध्ये ८५ प्रतिशत मुख्यतया चीन र युरोपमा डेलिभर भएका छन्। त्यसैगरी बढ्दो मागका बाबजुद पनि अमेरिकामा ४ प्रतिशत (लगभग ५ लाख ३५ हजार युनिट) मात्र सवारीसाधनको डेलिभरी भएको छ।
युरोपमा २०२१ मा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कारमा टेस्ला रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19