काठमाण्डौ । बज्र ग्रुपअन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटर तथा वुलिङ ब्रान्डको इलेक्ट्रिक कार बिक्रीवितरण गर्दै आइरहेको छ। इन्डोनेसिन कार वुलिङ हाल नेपाली बजार २०० र ३०० किमीको रेन्जमा उपलब्ध छ।

वुलिङ इलेक्ट्रिक कार रिमोटबाट नै चालु हुने, सजिलै घरमा चार्ज गर्न मिल्ने र १०० रुपैयाँमा ३०० किमी हिँड्न मिल्ने कार हो। यो कार   चढेपछि खर्चको बचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने र वातावरण स्वच्छ हुने हुनाले कम्पनीले वुलिङ खरिद गर्ने ग्राहकलाई  ६० किमी माइलेज दिने बोस मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल निःशुल्क उपलब्ध गराउने स्किम लागू गरेको छ।

यो योजना जेठ २३ बाट कम्पनीले सुरु गरेको छ  र यदि वुलिङ कार खरिद गर्न चाहेमा नजिकको वुलिङ इलेक्ट्रिक शोरुमहरुमा नक्साल, भक्तपुर राधेराधे र भैँसेपाटीमा सम्पर्क गर्न सकिनेछ।

नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्रान्डका रुपमा वुलिङ एयर ईभी कारलाई चिनिन्छ। वुलिङ बहुराष्ट्रिय कम्पनी भएकोले गर्दा अन्तर्राष्ट्रिय बजारमा राम्रो बिक्री गरी बजार हिस्सा ओगट्न सफल छ। यो कारलाई बजेट कारका रुपमा पनि चिनिन्छ।