काठमाण्डौ ।  निश्चय पनि सफलता सजिलै प्राप्त हुँदैन । यसका लागि कयौं समयसम्म त्याग तपस्या अनि लगानी गरिरहनु पर्दछ ।

जब हिम्मत उच्च हुन्छ र केहि गर्ने जोश हुन्छ, त्यो व्यक्तिले सुरुमा शून्यबाट भए पनि सफलताको शिखर चुम्ने मौका पाउँछ ।

आजको वित्तीय सेचतना श्रंखलामा यसरी मेहनत गरेर सफलता पाएका एक व्यक्तिको सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरेका छौं । हामी आज एक व्यक्तिको बारेमा चर्चा गर्दैछौं, जो एक रेस्टुरेन्टमा कुनै दिन वेटरको रूपमा काम गर्थे। जब-जब सेवाग्राहीहरु टेबलमा बोलाउँथे, उनी दौडिएर पुग्दथे  उनले धेरै सेवाग्राहीलाई मदिरा पनि खुवाए ।

तर आज एडम मोसेरी तीनै हुन्, जो सामाजिक सञ्जाल इन्स्टाग्रामका प्रमुख कार्यकारी अधिकृत(सीईओ) छन् । थाहै छ, इन्स्टाग्राम विश्वको चौथो सबैभन्दा लोकप्रिय सोशल मिडिया प्लेटफर्म हो।

उही इन्स्टाग्राम जसको लागि युवायुवती महिरहत्ते गर्छन्। इन्स्टाग्रामका अधिकांश प्रयोगकर्ता  भारतमा छन् । प्रयोगकर्ताहरूले इन्स्टाग्रामलाई सोशल मिडिया प्लेटफर्मको रूपमा मात्र प्रयोग गर्दैनन्, यसमा किनमेल पनि गर्छन्।

एक तथ्यांक अनुसार इन्स्टाग्राममा विश्वभर २.३५ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन्। यो विश्वको चौथो सबैभन्दा लोकप्रिय सोशल मिडिया प्लेटफर्म हो। पहिलो तीनमा फेसबुक, यूट्यूब र व्हाट्सएप हुन्।

केभिन सिस्ट्रोम र माइक क्रिगरले सन् २०१० मा फोटो सेयरिङ एप इन्स्टाग्राम सुरु गरेका थिए। त्यसपछि अप्रिल २०१२ मा, मेटाले इन्स्टाग्राम खरिद गरयो। यस इन्स्टाग्रामका सीईओ एडम मोसेरीको विगतको कथा निकै रोचक छ ।
पहिलो काम वेटर र बारटेन्डर
मोसेरी आफैंले गर्बका साथ यसअघि रेस्टुरेन्टमा वेटरको रुपमा काम गरेको बताएका छन् । त्यसपछि उनी केहि समय बारटेन्डरको रूपमा कार्यरत रहे। यसपछि उनी वेब डिजाइनर र प्रबन्धक भए। मोसेरीको यो सफलताको पछाडि उनको दृढ संकल्प, कडा परिश्रम र आत्मविश्वास छ ।

त्यसैको आधारमा उनले आफ्नो भाग्यको रेखाहरू परिवर्तन गरे। एक रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्दैगर्दा भोगेको दु ः ख अनि सेवाग्राहीबाट पाएको उत्प्रेरणाका आधारमा उनी वेब डिजाइनिङको संसारमा प्रवेश गरे र त्यसपछि मेटाको यो कम्पनीमा यति ठूलो पदमा पुगे।
भाडा तिर्न वेब डिजाइन 

अमेरिकाको न्यूयोर्कमा जन्मिएका उनले न्यूयोर्क विश्वविद्यालयको ग्यालाटिन स्कूल अफ इन्टरडिसिप्लिनरी स्टडीबाट सूचना र डिजाइनमा राम्रो मार्क ल्याए। र यसैसमयमा घरको भाडा तिर्न उनी जाखिरको खोजिमा थिए ।

त्यसैले उनले वेबसाइट डिजाइन गर्न थाले। अध्ययनकै क्रममा उनले आफ्नै डिजाइन फर्म, ब्ल्यांक मोसेरी सुरु गरे। यो कम्पनीले ग्राफिक्स, अन्तरक्रिया र प्रदर्शनी डिजाइन सेवाहरू प्रदान गर्न थाल्यो। जब यो कम्पनी सफल भयो, उनले सान फ्रान्सिस्कोमा  दोस्रो शाखा कार्यालय पनि खोले।
पछि फेसबुकको ध्यानाकर्षण 

उनले बुम बक्स नामक संगीत सेयरिङ एप पनि निर्माण गरे ।यो एपले लामो समयसम्म भकाम गरेन तर यो एपका कारण फेसबुकको यसतर्फ ध्यानाकर्षण भयो । उनी सन् २००८ देखि फेसबुकमा छन्।  हुन त सन् २०१६ मा फेसबुक कठिन चरणबाट गुज्रिरहेको थियो । त्यो बेला झुटा समाचारको बाढी पनि आइरहेको थियो ।र उनलाई न्यूज फिडको जिम्मेवारी दिइयो।

र पाए इन्स्टाग्रामको प्रमुखको जिम्वेवारी

फेसबुकमा रहँदा मोसेरीको घनिष्टता सञ्चालक मार्क जुकरबर्गसँग रह्यो। जुकरबर्गले मोसेरीको प्रतिभालाई कदर गर्दै थप जिम्वेवारी दिए। यसपछि, २०१८ मेमा, एडम मोसेरी इन्स्टाग्रामको भाइस प्रिसिडेन्टमा नियुक्त भए ।

त्यसपछि सेप्टेम्बर, २०१८ मै, सिस्ट्रोम र क्रिगरले फेसबुकबाट बिदा लिएको एक हप्तामै उनलाई  फेसबुकले एडम मोसेरीलाई इन्स्टाग्रामको प्रमुख बनायो ।-एजेन्सी