काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ९ करोड २७ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको भन्दा ३२.७१ प्रतिशतको  प्रगति हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६ करोड ९९ लाख मात्र नाफा कमाएको थियो । 

समीक्षा अवधिमा वेस्टर्नले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी ११ करोड ४१ लाखबाट बढेर १६ करोड ३६ लाखको उचाईमा पुगेको छ । 

कम्पनीले १० करोड ९१ लाखमा सीमित संचालन मुनाफालाई समेत बढाई १४ करोड ५८ लाख पुर्याएको छ । 

कम्पनीले ३ अर्ब १९ करोड निक्षेप संकलन गरी २ अर्ब ६६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष २ अर्ब ४५ करोड निक्षेप संकलन गरी १ अर्ब ९३ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको रिजर्बकोष भने घटेको छ । यो राम्रो संकेत होइन । अघिल्लो वर्ष ८ करोड ६२ लाख कोषमा रहेकोमा घटेर ५ करोड १७ लाखमा सीमित बन्न पुगेको हो । 

कम्पनीले १.६७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.८४ प्रतिशतमा झारेको छ भने कोष लागत खर्च ७.१४ प्रतिशतमा सीमित राखेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.२६ रुपैयाँ कायम भएको छ ।