काठमाण्डौ । वोमी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/७५ मा कमालको प्रगति गरेको छ । यो कम्पनीले अधिकांश प्रमुख सूचकमा आफूलाई निकै मजबुत बनाएको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । 

वोमीले समीक्षा अवधिमा ३ करोड ९५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ११ लाखमा सीमित थियो । यसरी हेर्दा खूद नाफातर्फ यो कम्पनीले ८७ प्रतिशतको फड्को मारेको छ । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण यो अवधिमा वोमीको खूद ब्याज आम्दानी ८ करोड ४२ लाख रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड ३ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले ४५ करोड ४१ लाख निक्षेप संकलन गरी तथा ७२ करोड ९६ लाख सापटी लिएर १ अर्ब २३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २४ करोड ६५ लाख निक्षेप संकलन गरी तथा ३२ करोड १९ लाख सापटी लिएर ६४ करोड २९ लाख बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीले संचालन मुनाफातर्फ पनि लोभलाग्दो प्रगति गरेको छ । अघिल्लो वर्षसम्म ३ करोड १५ लाख रहेको संचालन नाफा बढाएर ६ करोडको उचाईमा पुर्याएको छ । 

यस्तै, २ करोड ६१ लाखमा सीमित जगेडाकोषलाई बढाएर ६ करोड ५४ लाखमा पुर्याएको छ भने १.१३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर ०.६५ प्रतिशतमा सीमित बनाएको छ ।

समीक्षा अवधिमा वोमीको प्रतिसेयर आम्दानी ३९.०८ कायम भएको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष इपीएस २७.१७ रुपैयाँमा सीमित थियो । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.४४ गुणा कायम भएको छ ।