काठमाण्डौ । नेपाल बैंकर्स संघले व्यक्तिगत मुद्धती निक्षेपमा ब्याजदरको सीमा हटाउने निर्णय गरेसँगै जनता बैंक नेपालले सर्वाधिक ब्याजदरको अफर सार्वजनिक गरेको छ । 

बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै व्यक्तिगत मुद्धती निक्षेपमा ग्राहकहरुले अहिलेसम्मकै सर्वाधिक ब्याज पाउने प्रष्ट पारेको हो । 

मासिक रुपमा ब्याजको भुक्तानी हुने गरी जनता मुद्धती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर कायम गरिएको हो । 

यो मुद्धती योजनामा ग्राहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । यो योजना सीमित अवधिका लागि र व्यक्तिगत निक्षेपमा मात्र लागू गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै बैंकर्स संघको अर्को निर्णय समेत कायम गर्दै जनता बैंकले आफ्ना सबै बचतखाताको ब्याजदर बार्षिक ७ प्रतिशत कायम गरेको छ । 

ब्याजदर सम्बन्धी नयाँ व्यवस्था मंसिर १९ गतेदेखि लागू हुने विज्ञप्तिमा उल्लेख छ।