काठमाण्डौ । वित्तीय अनुशासन संस्थामात्र नभएर व्यक्तिमात्र पनि उत्तिकै लागू हुन्छ । जबसम्म वित्तीय अनुशासन कायम रहन्छ तबसम्म मानिसको जीवन सहज र सरल रुपमा अगाडि बढ्न सक्छ ।
वित्तीय अनुशासन कायम राख्न हामीले मासिक रुपमा आफूले गर्नुपर्ने कामको कार्यसूची बनाउन आवश्यक रहन्छ । किनकि विना कार्यसूची अगाडि बढ्दा अनेकन समस्याको सामना गर्नुपर्ने हुन्छ ।
मासिक कार्यसूचीमा थुप्रै कामहरु समावेश रहेका हुन्छन् । जसमा सबैभन्दा महत्वपूर्ण काम हो मासिक बजेट निर्धारण गर्ने । जुन सबैभन्दा कठिन काम हो । यदि मासिक बजेटअनुसार टिकिरहन सफल भइयो भने फाइदाजनक पनि साबित हुन सक्छ ।
निर्धारित बजेटअनुसार चल्न सकियो भने आम्दानी र खर्चमा नियन्त्रण गर्न सकिन्छ । जसका कारण बचत बढ्न गई भविष्यका ठूलै धनराशि सञ्चित गर्न पनि सकिन्छ ।
निर्धारित बजेटअनुसार चल्नको मतलब आम्दानीबाट बचत गर्ने वा जरुरी कामका लागि खर्च गर्नेमात्र होइन । निर्धारित बजेटअनुसार चल्नु भनेको आफ्नो आम्दानीलाई यसरी परिचालन गर्नु हो ता कि मानसिक तनाव पनि नहोस् र जीवनयापन पनि सहज होस् ।
बजेट निर्धारण यसरी गर्नुहोस् कि त्यसलाई राम्ररी कार्यान्वयन गर्न सकियोस्। त्यसैले यदि अझै पनि तपाइँलाई सही तरिकाले बजेट तयार गर्न समस्या भइरहेको छ भने यहाँ उल्लेखित टिप्सहरु पढ्नु र कार्यान्वयन गर्नुहोस् । यसले तपाइँको जीवनमा आइपर्न सक्ने आर्थिक समस्याबाट मुक्ति मिल्नेछ ।
बजेट जटिल होइन यथार्थपरक बनाउनुहोस्
मानिस आफूले तयार पारेको बजेट कार्यान्वयनमा किन समस्या भोगिरहेका छन् त भन्दा मुख्य कारण हो यथार्थपरक नहुनु वा विना योजना बजेट निर्माण गर्नु । बजेट आफ्ना आम्दानीको हिसाबले तयार गर्नुपर्छ । बजेट बनाउँदा अत्यावश्यक सामान जस्तै दैनिक आवश्यकीय सामान, मनोरञ्जनका साधन, बिदा मनाउँदा हुने खर्चलाई सूचीकृत गर्नुपर्छ । त्यसैले मासिक रुपमा गर्नुपर्ने खर्चको सूची बनाउनुहोस् । अनिमात्र प्राथमिकताका आधारमा गरिने कामलाई सूचीमा समावेश गर्नुहोस् । यसरी बनाइने बजेट कार्यान्वयमा जटिलता आउने छैन ।
बजेटलाई प्रभाव पार्ने वस्तुहरुको पहिचान गर्नुहोस्
यदि समस्या निम्याउन सक्ने वस्तु पहिचान गर्न सकियो र त्यसबाट बच्न सकियो भने बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने छैन । उदाहरणका कारण कुनै होटेल वा रेस्टुराँमा गएर खाँदा मज्जा आउँछ तर यस्तो बानीलाई कुनै विशेष अवसरमा मात्र सीमित गर्दा फाइदाजनक हुन्छ । एउटा पिज्जा खानलाई २५० रुपैयाँ खर्च गर्नुपर्छ । तर यो सस्तो छ भनेर दैनिक रुपमा खानु वित्तीय र स्वास्थ्य दुवैका लागि ठिक नहुन सक्छ । त्यसैले बजार आएका विभिन्न अनलाइन सपिङप्रतिको आकर्षणलाई कम गर्न आवश्यक छ । आफूलाई चाहिएको बेलामात्र त्यस्ता अनलाइन सपिङ गर्नु वित्तीय हिसाबले फाइदाजनक हुन सक्छ ।
आफ्नो खर्चमाथि नियन्त्रण राख्नुहोस्
आफूले कडा परिश्रम वा मेहनतबाट गरेको आम्दानीलाई समझदारीपूर्वक खर्च गर्न आवश्यक छ । तपाइँले आम्दानी र खर्चमाथि नियन्त्रण राख्न जरुरी हुन्छ । यदि तपाइँले आफ्नो मासिक आम्दानीभन्दा खर्च धेरै गर्नुभयो भने आर्थिक रुपमा तपाइँ संकटमा पर्न सक्नुहुन्छ । त्यसैले आम्दानीको हिसाबले खर्चमाथि नियन्त्रण राख्न अत्यावश्यक छ । त्यस्तै अल्पकालीन ऋण लिनबाट पनि बच्न जरुरी छ । यसले तपाइँमाथि आर्थिक भार निम्त्याउन सक्छ । त्यसैले आम्दानीको हिसाबले खर्चको सूची बनाएर कार्यान्वयन गर्न जरुरी हुन्छ । जसले गर्दा मासिक बजेट तयार पार्न सहजता आउन सक्छ ।
महत्वपूर्ण खर्च र भुक्तान अटोमेटिक बनाउनुहोस्
यो एउटा महत्वपूर्ण फर्मुला हो, जसको मद्दतले तपाइँले आफ्नो निर्धारित बजेटमा टिकिराख्न सक्नुहुन्छ । यदि तपाइँको मासिक तबलबाट कतै गर्नुपर्ने लगानी वा क्रेडिट कार्डको बिलका लागि अटोडेबिट वा अटोमेटिक भुक्तानी सेट गर्नुहोस् । यसले कुनै अनावश्यक वस्तुभन्दा महत्वपूर्ण कार्यहरुमा पैसा गइरहेको सुनिश्चितता हुन्छ । यसका साथै समयमै भुक्तानी गर्नुपर्ने ठाउँमा पैसा गएन कि भनेर चिन्ता लिइरहनुपर्ने अवस्थाबाट मुक्ति मिल्छ ।
परिवारका सदस्यसँग बजेट तयारी विषयमा छलफल गर्नुहोस्
तपाइँ आफ्नो मासिक बजेटमा टिकिराख्न आफ्ना परिवारका सदस्यहरुसँग वा साथीहरुसँग सरसल्लाह गर्नुहोस् । यसबाट तपाइँलाई बजेट कार्यान्वयनमा मद्दत पनि मिल्छ । बजेट निर्माण गर्दा परिवारजनलाई योजनाहरु सुनाउनुहोस् र प्रेरित पनि गर्नुहोस् । यसले गर्दा अनावश्यक खर्च नियन्त्रणमा परिवारका सदस्य पनि राजी हुनेछन् भने भविष्यको वित्तीय लक्ष्य प्राप्तिका लागि पनि सहजता हुनेछ ।
अन्त्यमा
तपाइँ आर्थिक रुपमा कति सबल बन्दै जानुभएको छ भन्ने कुरा तपाइँले मासिक रुपमा बनाउने बजेट योजनाले बताउनेछ । यदि तपाइँले बजेट योजना ठिक बनाउनु भएको छ भने आर्थिक रुपमा तपाइँ सबल बन्न सक्नुहुन्छ । यदि तपाइँलाई लाग्छ कि बजेट योजना राम्रो भइरहेको छैन भने त्यसलाई फेरबदल पनि गर्न सक्नुहुन्छ । बजेट योजना बनाउँदा आम्दानी र खर्चसँग जोडिएका सबै कुरालाई विशेष ध्यान दिन जरुरी हुन्छ । अनिमात्र आर्थिक रुपमा तपाइँ सक्षम हुनुहुनेछ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago