काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा(ओडी लोन)मा कडाई गरेको छ ।
विभिन्न संस्थापिच्छे रु. ५० लाखसम्म लोन विकृति मौलाएको भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ओडी लोनमा कडाई गर्ने घोषणा गरेको थियो । सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार साँझ एक सर्कुलर जारी गर्दै राष्ट्रबैंकले ओडीमा कडाई गरेको हो ।
अब जतिवटा बैंक तथा वित्तीय संस्थाबाट भए पनि एक व्यक्तिले यस्तो कर्जा रु. ५० लाख भन्दा बढी लिन पाउने छैन । यसअघि संस्थापिच्छे नै ५० लाख रुपैयाँसम्म लिने अवस्था बनेको थियो । प्रभावशाली व्यक्तिले संस्थैपिच्छे ५० लाखको दरले ओडी लिएर सेयर बजार लगायतका क्षेत्रमा लगानी गर्ने गरेका थिए । राष्ट्रबैंकले यसमै कडाई गरेको हो ।
केन्द्रीय बैंकले आफ्नो सर्कुलरमा भनेको छ-'विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रति व्यक्ति रु. ५० लाखसम्म मात्र प्रवाह गर्न सकिनेछ । कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसअघि बहुबैंकिङ कारोबार गरी उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीहरुले २०७८ असार मसान्तसम्म कुल व्यक्तिगत अधिविकर्ष कर्जा रु. ५० लाखसम्म कायम गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । (उदाहरणको लागि कुनै एक व्यक्तिले कुनै एक बैंक वा वित्तीय संस्थाबाट रु. २० लाख व्यक्तिगत अधिविकर्ष कर्जा लिएमा सोहि वा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट थप रु. ३० लाखसम्म मात्र व्यक्तिगत अधिविकर्ष कर्जा लिन पाइने छ ।)'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago