काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेखमा लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने भएको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी व्यतीत बीमालेखहरु आउँदो वैशाख ३१ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने जानकारी गराएको हो।
ब्याज छुट गर्ने प्रयोजनका लागि २ वर्ष अगाडिदेखि व्यतीत भएका बीमालेखहरुलाई समावेश गरिने कम्पनीले स्पष्ट पारेको छ।
यस्तो छुट बीमा अवधिभरि एकपटक मात्र प्रदान गरिने पनि कम्पनीले जनाएको छ। त्यसैले यो छुट सुविधाको फाइदा उठाई आफ्नो बीमालेख सक्रिया बनाउन कम्पनीले आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago