काठमाण्डौ । एनआइसी एशिया बैंकले एकैदिन देशका विभिन्न ३ क्षेत्रमा शाखारहित बैंकिङ इकाई स्थापना गरी संचालनमा ल्याएको छ ।
बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आपm्नो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा असार ४ गतेबाट संचालनमा ल्याएको हो ।
बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका बैंक प्रतिनिधिको रुपमा रमेश गुप्ता नियुक्त भएको बैंकले जनाएको छ ।
यसैगरी, गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन मेचीनगर नगरपालिका वडा नं. १ का अध्यक्ष पासाङ्ग तामाङ्गले गरे । गाडागल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछाने नियुक्त भएका छन् ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
ती इकाईहरुबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
हाल यो बैंकको देशभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग इकाई रहेका छन् ।
देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यो बैंकका करिब १६ लाख ग्राहक छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago