काठमाण्डौ । एनआइसी एशिया बैंकले देशका विभिन्न क्षेत्रमा एकैसाथ तीनवटा शाखारहित बैंकिङ स्थापना गरी सेवा संचालनमा ल्याएको छ । 

बैंकले झापाको अर्जुनधाराा नगरपालिका वडानम्बर २ खुदुनबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडानम्बर ११ को मोग्लाह र मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडानम्बर २, अमरदहमा आफ्नो क्रमशः ३८ औं, ३९ औं र ४० औं शाखारहित बैंकिङ इकाई संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन अर्जुनधारा नगरपालिका वडा नं. २ का वडाध्यक्ष रघुनाथ खनालले गरे । यो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खड्गमाया पराजुलीलाई नियुक्त गरिएको बैंकले जनाएको छ । 

यसैगरी,े मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष खुर्सेद आलमले गरे । यो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमान नियुक्त भएका छन् । 

यसैगरी, अमरदहको शाखारहित बैंकिङ्ग इकाईको समुद्घाटन सुनवर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर विष्टले गरे । यो शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौला चयन भएका बैंकले जनाएको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बताइएको छ ।