काठमाण्डौ । महालक्ष्मी विकास बैंकले मंसिर २७ र २८ गते थप चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

बैंकले मंसिर २७ गते दुई नयाँ शाखा कार्यालयहरु क्रमशः रुपन्देही जिल्ला, ओम सतीया गाउँपालिका वडा नं १, स्थित ठुटीपिपल शाखा तथा रुपन्देही जिल्ला, रोहिणी गाउँपालिका वडा नं ३ स्थित धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । 

यसैगरी, मंसिर २८ गते बैंकले काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा तथा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं ४, स्थित जनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । 

नयाँ चारसहित बैंकको कुल शाखा संख्या ८९ पुगेको छ । 

शाखा कार्यालय विस्तार गर्नुका साथसाथै यस बैंकले नयाँ खोलिएका शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन कार्यक्रम पनि निरन्तर रुपमा अघि बढाइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मंसिर २४ गते सप्तरी जिल्ला, रुपनी गाउँपालिका वडा नं १ स्थित रुपनी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको थियो ।